इटहरी । नेपाली काँग्रेसका नेता तथा रक्षा मन्त्री मिनेन्द्र रिजालले पाटी सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने चाहना नराख्दा नराख्दै प्रधानमन्त्री बन्नु परेको वताएका छन ।

  सुनसरीको इटहरीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री रिजालले अघिल्लो सरकारले जनादेशलाई खण्डीत गर्ने काम गरेकाले गर्दा मात्र पाटी सभापति देउवा प्रधानमन्त्री बन्नु परेको वताएका हुन ।IMG_6162

   दुई तिहाई हाराहारीमा सरकार गठन भएको अवस्था तथा पाटीको आन्तरिक समस्या समाधान गर्न नसकि केपी ओली सरकारको जनादेश खण्डीत हुदै वहिरगमन भएपछि आफनो पाटीको सभापति प्रधानमन्त्री वन्नु भएको मन्त्री रिजालले स्पष्ट पारे । उनले केपी ओली संविधान भत्काउने बाटोमा लागेकाले गठवन्धन वनाएर संविधानको रक्षा गर्दै उनकै नारा समृद्ध नेपाल सुखी नेपाली वनाउन गठन वन्द गर्नु परेको समेत स्पष्ट पारे ।IMG_6142

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २का सभापति मणीराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघिय साँसद सिताराम मेहता लगायतले वोलेका थिए ।