पथरी । पथरीशनिश्चरे १० को डाँस मोरङगी सामुदायीक वनको अध्यक्षमा मदन पोख्रेल निविरोध चयन भएका छन् । उनिसँगै सचिवमा कविता दाहाल पनि निर्विरोध निर्वाचित भएकी छिन् । 

डाँस मोरङगी सामुदायीक बनको नया कार्यसमितिका लागी उपाध्यक्ष, सह सचिव र कोषाध्यक्षमा भने निर्वाचन हुने भएको छ । उपाध्यक्षका लागि राजु दाहाल र गिता खड्काको उम्मेद्वारी रहेको छ । 

त्यस्तै सह सचिवमा डम्बर बस्नेत र विकाश तामाङ तथा कोषाध्यक्षमा शान्ति बि.क र धनवहादुर श्रेष्ठको उम्मेद्धारी रहेको छ । सोमबार हुने चुनावको लागि अध्यक्षमा शिवप्रसाद भट्टराईको नाम पनि चर्चामा रहेपनि अन्तिम समयसम्म उम्मेद्धारी नपरेपछि मदन पोख्रेल निर्विरोध निर्वाचित भएका हुन् । 

बाँकी पदका लागी कार्तिक ६ गतेलाई निर्वाचन  तोकिएको भएपनि लामोसमय नराखि सोमबार नै निर्वाचन गर्न सबैबाट सुझाव आएकोले सोमबार नै निर्वाचन गर्ने तयारीका लागि भोली छलफल रहेको निर्वाचन समितिका संयोजक किशोर खड्काले जानकारी दिए ।