इटहरी । नशामुक्त समाज निर्माण र जातिय भेदभाव अन्त्यका लागि आध्यात्मिक मार्गबाट संदेश फैलाउदै आएको पूर्णब्रह्म कबिर उपासक समाज नेपाल सुनसरीले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका हुन ।
कोभिडका कारण जिल्लामा रगत अभाव भएको भन्ने वुझिएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको पूर्णब्रह्म कबिर उपासक समाज नेपाल सुनसरीका संयोजक गोविन्द बस्नेतले वताए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । रक्तदान कार्यक्रमपछि पशुवली विरुद्धको अध्यात्मिक शान्ति र्याली निकाली इनरुवा बजार क्षेत्र परिक्रम गरिएको थियो ।




















