धनकुटा । डाक्टर तीर्थप्रसाद –पुष्पा मिश्र उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कारका लागि कचिडेका तीर्थप्रसाद मिश्रले धनकुटा स्थित गोकुन्डेश्वर बालमन्दिर माध्यमिक बिध्यालयमा तीनलाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा बोलनुहुदै प्राध्यापक डाक्टर मिश्र आफैले अध्ययन गरेको उक्त विद्यालयमा आफुले उवेला प्राप्त गरेको छात्रबृद्धिलाई मनन गर्दै उक्त कोष खडा गरेको बताउनुहुन्छ ।
उहाँका अनुसार आफ्नो जन्मभुमि प्रतिको अगाध स्नेह र कर्तब्यलाई हृदयतः अनुभुत गर्दै धनकुटा नगरपालिका वडा नम्वर ५ स्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालय पहिलेको गोकुण्डेश्वर हाई ईङ्गलिस स्कुल) बाट कक्षा १२ उर्तीण गरेका विद्यार्थीहरुमध्येबाट सर्वोत्कृष्ट एकजना विद्यार्थीलाई प्रत्येक बर्ष पुरस्कार प्रदान गर्ने उद्धेश्यले यो अक्षयकोषको स्थापना गरिएको हो ।
धनकुटा स्थित गोकुन्डेश्वर बालमन्दिर माध्यमिक बिध्यालयमा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कृत हुने विद्यार्थीले कम्तिमा पनि ३.२ जिपिए (विप्लस गे्रड बराबर) वा सो भन्दा माथिको गे्रड प्राप्त गरेको हुनु पर्नेछ ।
उक्त कार्यक्रममा डा.तीर्थप्रसाद र पुष्पा मिश्र उत्कृष्ट बिद्यार्थी सम्मान पुरस्कारको चन्दा ग्रहण तथा सम्झौतामा दुवै पक्षले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता पत्रमा चन्दा दाता पहिलो पक्षका रुपमा तीर्थप्रसाद मिश्र र उहाँकी धर्मपत्नि पुष्पा मिश्रले र विद्यालयको तर्फबाट दोस्रो पक्षका रुपमा विद्यालयका प्रधानाध्यापक दामोदर मिश्र र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्कालगायतले हस्ताक्षर गर्नुभएको छ ।
उक्त कोषबाट आउने ब्याजको ५० प्रतिशत रकम कक्षा १२ पास गर्ने उत्कृष्ट बिध्यार्थिलाई प्रदान गरिने छ । बाँकी ५० प्रतिसत रकम मुल धनमा जम्मा गरिने विध्यालयका प्रधानाध्यापक मिश्रले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख निरन्जन वस्ती, सहप्राध्यापक जनार्दन घिमिरे, स्थानिय शान्ति समितिका पुर्व अध्यक्ष टीकाप्रसाद घिमिरे, त्रीवेणी माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक दीपक पोख्रेल, गोकुन्ढेश्वोर बालमन्दिर माविका पुर्व प्रधानाध्यापक सीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




















