इटहरी । स्थानीय स्तरमै रोजगारीको अवसर सृर्जना गर्दै नेपाली जडिवुटीलाई नेपाली बजारमै विक्री वितरणमा जोड दिदै आएको फ्युचर बेस्ट विजिनेश प्रालि इटहरीले उत्कृष्ट वितरक तथा कर्मचारीहरुलाई प्रोत्साहन गरेको छ ।
इटहरीबाट सञ्चालन गरिदै आएको फ्युचर बेस्ट विजिनेश प्रालिले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट वितरक तथा कर्मचारीहरुलाई प्रोत्साहन गरेको हो ।
प्रालिका प्रवन्धक निर्देशक याम लामा लगायतले वितरक तथा कर्मचारीहरुलाई सम्मान गरे । इटहरी क्षेत्रमा रहेर प्रालिका सामाग्री उत्कृष्ट रुपमा विक्री वितरण गर्ने निर्मला कट्टेल घिमीरे, सरिता कार्की र बमबहादुर खड्कालाई सुनको ब्याच , अवार्डले सम्मान गरियो ।
त्यसै गरी विक्री वितरणका क्षेत्रकै १० जनालाई सुट , २५ जनालाई टिसर्ट प्रदान गरी प्रोत्साहन गरियो । प्रालि का कर्मचारी नारायण अर्याल ,इन्दिरा तामागं तथा धरान शाखाकी सावित्रा विश्वकर्मा लगायतलाई बढुवा गरिएको समेत सो अवसरमा जानकारी गराइयो ।
प्रालिले नेपाली जडिवुटीका विभिन्न व्राण्डहरुको विक्री वितरणका साथै वेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्ने काम समेत गर्दै आएको प्रालिका प्रवन्ध निर्देशक लामाले वताए । प्रदेस नम्बर १मा नेपाली जडीवुटी र हर्वल कम्पनीका समानहरुको विक्री वितरण गरिदै आएको समेत जानकारी गराइयो ।
प्रालिका वितरक निर्देशक आशिष केसीले वितरकहरुलाई उत्प्रेरणा जगाउने विषयमा सहजिकरण गरेका थिए भने प्रवन्ध निर्देशक याम लामाले व्यवसाय र आत्मनिर्भरताका विषयमा सहभागीहरुलाई सहजिकरण गरेका थिए । कार्यक्रममा भवनाथ घिमीरे , करण चौहान , उमेश निरौला लगायत बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















