सुनसरी , सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउदै आएको मकुना हात्ती मृत्यु अवस्थामा भेटिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा ५ सय मिटरको दूरी मकुना आइतबार बिहान मृत्यु अवस्थामा भेटिएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी गराएका छन् । विगत केही वर्षयता दर्जनौं व्यक्तिको ज्यान लिएको उक्त मकुना हात्तीलाई स्थानीयले ज्यानमारा उपनाम दिएका छन् । घटना स्थलमा अहिले आरक्ष प्रशासन र नेपाली सेनाको टोली पुगेको छ । मृत्युको कारण भने पुष्टि हुन सकेको छैन । केहि समय अगाडि नजिकका बस्तीमा निस्किएर मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो । तर, सर्वत्र बिरोधपछि प्रसासन आफ्नो निर्णय बाट व्याक भएको थियो । मकुना दाह्रा नभएको कोशीटप्पुमा पाइने भाले हात्ती हो । आरक्ष कार्यालयले नै दाह्रा नभएको मकुनालाई आफ्नो क्षेत्रको खतरनाक हात्तीको रूपमा स्वीकारेको छ ।




















