इटहरी । सुनसरीको इटहरीमा रहेको अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभाले कुवेर बरालको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
एघारौं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको उपाध्यक्षमा डिल्लीप्रसाद भण्डारी र सचिवमा सञ्जीव घिमीरेलाई चयन गरेको हो ।
त्यसै गरी सदस्यहरुमा रुद्र कट्टेल ,सुरेश कुमार माझी, मोहन सुवेदी, रतनकुमार साह, सुरेश सुवेदी , गोपाल तामागं, रोशनकुमार महतो , लक्ष्मी खड्का रहेका छन ।
वार्षिक साधारण सभाले लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकत्वमा गोविन्द्रप्रसाद घिमीरे श्याम केसी र अच्युच न्यौपानेलाई सदस्यमा चयन गरेको छ ।
वमबहादुर लिम्वुको अध्यक्षता भएको एघारौं वार्षिक साधारण सभाको खुल्ला सत्रमा विभिन्न विधामा सम्मान समेत गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा उत्कृष्ट नियमित वचतकर्ताको रुपमा अनिता कुमारी चौधरी ,असल कारोवारी रेणुकुमारी महतो , युवा उद्यमी देवन्द्र बस्नेत, उत्कष्ट बाल वचतकर्ता गृष्मा घिमीरे उत्कृष्ट वचतकर्ता धनपति दहाललाई नगद तथा प्रमाण पत्रले सम्मान गरियो ।
शालिकराम ढकालको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदनमा संस्थामा ६सय ९८जना सेयर सदस्य रहेको तथा शेयर पुँजी एक करोड ५९लाख ९६हजार दुई सय रुपैया रहेको उल्लेख गरिएको छ ।
त्यसै गरी २करोड ७६लाख ६७हजार ४सय ५८रुपैया निक्षेप रहेको सोही प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल ,संस्थामा संस्थापक अध्यक्ष विक्रम घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
((




















