इटहरी । सुनसरीको इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १७औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष दिनेश रसाईलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख रेवती पोखरेलको प्रमुख आतिथ्यतामा एक आपस वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभा कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बोधराज निरौलाले प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा संस्थामा ३ सय ८३ जना पुरुष सेयर सदस्य ३ सय ३९ जना महिला र ११ संस्थागत सेयर सदस्य गरी कुल ७सय ३३ रहेको र संस्थाको सेयर पँजी एक करोड ५६लाख ९हजार रहेको उल्लेख गरिएको छ त्यसै गरी संस्थाले एक सय ९० जना सेयर सदस्यहरुलाई ६ करोड २९लाख ५३हजार ९ सय ऋण लगानी गरेको समेत प्रतिवेदनमा रहेको छ ।
सोही अवसरमा चार जना ८० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गरियो । संस्थाका सेयर सदस्यहरुका आश्रीत परिवारका ८० वर्ष पुरा गरेरका सदस्यहरुलाई वार्षिक साधारण सभाको अवसर पारेर सम्मान गरिएको हो । सम्मानीत हुनेहरुमा ९४वर्षिय पदम वहादुर भुजेल ,८७वर्षिया राधादेवी पोखरेल, ८७ वर्षिया तिलमाया तिम्सिना र ८७ वर्षिया तिलरुपा खनाललाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका हुन ।
त्यसै गरी एसइइ परिक्षामा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्ततीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत जिपिए ३.८४ल्याउने स्वरुप दंगाल र जिपिए ३.८० ल्याउने किशोर फुयाललाई पनि सम्मान गरियो । सम्मानीयतहरुलाई संस्थाले नगद सहित सम्मान गरेको थियो ।
कार्यक्रमका राष्ट्यि खेलकुद परिषदका पुर्व अध्यक्ष केशवकुमार विष्ट, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल,सहकारी नगर समन्वय समिति अध्यक्ष भोलाकाजी बस्नेत ,टोल विकास लघुउद्यम सहकारी संस्थाका अध्यक्ष ठमनाथ लम्साल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















