इटहरी । गाईपालनका माध्यमबाट दुधको उत्पादन वढाउने तथा स्वरोजगारी सिर्जना गर्ने उद्धेश्यले सुनसरीको बराहक्षेत्र १० प्रकासपुरमा स्वस्छ दुध उत्पादनका लागि उन्नत गाईपालन व्यवसायको विषयमा केन्द्रित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

   कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गत रहेको नेपाल लाइस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्किृत आयोजना सहयोग इकाई विराटनगर उप आयोजना माफत गाउँवेशी कृषि सहकारी संस्था लिमिटेडले सार्वजनिक सुनुवाई सञ्चालन गरेको  हो ।

   एक करोड १९लाख ९९हजार ९सय २७ रुपैया लागतमा सञ्चालन भई रहेको  स्वस्छ दुध उत्पादनका लागि उन्नत गाईपालन गर्ने समुह लगायतको सहभागिता रहेको कार्यक्रममा उप आयोजना सञ्चानले दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने , स्वरोजगार सिर्जना गर्ने, उत्पादित दुधको उचित बजार व्यवस्थापन गर्ने, समुहका सदस्यहरको आयस्तरमा सुधार ल्याउन विश्वास गरियो ।243807035_416556846719490_687012378561648097_n गाउँवेशी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाईपालनले दुधको उत्पादन वढाउने मात्र नभएर समुहका सदस्यहरुको जीवनस्तरमा समेत सुधार ल्याउनेमा कार्यक्रमका वक्ताहरुले जोड दिए । उप आयोजनाका लागि ५९लाख ९५हजार ९सय ५८ रुपैया अनुदान , ३५लाख ९९हजार ९सय ७५ रुपैया वैकबाट ऋण लिने अनुग्राही संस्था गाउँवेशी कृषि सहकारी संस्थाको  २४लाख ३हजार ९सय ८३रुपैया  लागनी गरिने सो अवसरमा जानकारी दिइयो । गत भाद्र अन्तिम देखि आगामी चैत्र महिना सम्म सञ्चालन हुने उप आयोजनाबाट १लाख ५६हजार लिटर दुध उत्पादन गर्न लक्ष्य रहेको सार्वजनिक सुनुवाईमा जानकारी गराइयो । कार्यक्रममा प्रकास मावि प्रकासपुरका प्रधानाध्यापक चुडामणी खनाल , वडा सदस्य दिप नारायण उराँव, काग्रेस नेता तेजवहादुर गुरुगं , नेकपा समाजवादीका नेता महेन्द्रवहादुर कार्की , एमाले नेता गणेश बञ्जरा लगायतले वोलेका थिए ।


((