धनकुटा । संघिय सांसद राजेन्द्र कुमार राईले धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ निवासि शारिरीक रुपमा अपाङ्गता भएता राजन खड्कालाई 

ह्विल चियर वितरण गररेको छ ।

१ नम्वर वडाको वडा स्तरिय युवा भेलाको अवसर पारेर शारिरीक अशक्त खड्कालाई ह्विल चियर वितरण गरिएको हो । 

नेकपा एमालेका १ नं वडा कमिटी अध्यक्ष विष्णु प्रसाद राईको अध्यक्षता तथा संघिय सांसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नरेश राई अध्यक्ष र ईश्वर राई सचिव रहने गरी ६३ सदस्यीय वडा स्तरिय राष्ट्रिय युवा संघ गठन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि संघिय सांसद राईले नेपाली कांग्रेस डुब्न लागेको घाममा सुकाएको विस्कुन जस्तै भएको ब्याग्यात्मक युक्तिका साथमा कांग्रेस र माओवादी पार्टी सत्तामा पुगेपछि जनता विरोधि काम गर्ने गरेको आरोप लगाउनुभयो । आगामी चुनावबाट फेरी एमाले नै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्ने स्थानीय जनतालाई आश्वसन समेत दिनुभएको छ ।

उहाँले देशको आर्थिक समृद्धी र परिवर्तनका लागि युवाहरुको योगदान महत्वपूर्ण हुने समेत वताउनुभयो । कार्यक्रममा सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले हाल पालिमा न्यायोचित रुपमा विकास निर्माणका कामहरु भईरहेको भन्दै आगामी दिनमा पनि नीति तथा योजना वनाई एमाले सरकारले जनतालाई लाभ हुनेगरिको सेवा दिने वताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य निरेन राई, गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, नेकपा एमाले गाउँ पार्टी ईञ्चार्ज सुष्मा किराती, सहईञ्चार्जद्धय भुपेन्द्र मकराती, बम बहादुर राईलगायतको उपस्थिती रहेको थियो ।