इटहरी । क्वीक रेक्स्यु टिम नेपालले सुनसरीको इटहरी ३ सुनौलो वस्तीका दुई परिवारलाई खाद्यान्न लगायतका सामाग्री वितरण गरेको छ ।
केही दिन अघि छिमेकीको छुरा प्रहारबाट हत्या भएका राजु थापाको परिवार र आगलागी पिडित सविता भुसालको परिवारलाई क्वीक रेक्स्यु टिम नेपालले सहयोग गरेको हो ।
क्विक रेस्क्यू टिम नेपालले प्रति परिवार ३ वोरा चामल, ६ लिटर तेल, ६ किलो दाल, २ किलो नुन, ९ डल्ला साबुन, ६ किलो चिउरा, २ किलो चना लगायतका सामाग्री राहत स्वरुप टिमका अध्यक्ष विक्रम एक्तेनले हस्तान्तरण गरेका थिए । त्यसै गरी आगलागीका कारण घरवारविहिन वनेकी भुसाल परिवारलाई सिरक,डसना लगायतका लताकपडाहरु समेत उपलव्ध गराएको अध्यक्ष एक्तेनले जानकारी दिए । क्वीक रेस्क्यु टिम नेपालले विपदमा परेका परिवारलाई विगत देखि नै सहयोग गर्दै आएको छ ।




















