इटहरी ।  एउटा बिजुलिको पोलले कति तारहरू थेग्न सक्ला ?? यो प्रश्न गर्दा जो केहि छक्क पर्न सक्छन । तर आश्चर्य मान्नु पर्दैन किनकि सुनसरीको इटहरीलाइ  हेर्दा छर्लंङ्गै भइन्छ । बिद्युत बितरणकालागि गाडिएका पोलहरूमा थाम्नै नसकिने तारका गुजुल्टाले शहर बिगत केहि वर्ष यता कुरूप बन्दै गएको छ । बिद्युत प्राधिकरणले नियमित रूपमा अनुगमन नर्गदा र यस बिषयमा चासो नराख्दा अब्यवस्थित तारका गुजुल्टाले शहरको स्वरूप बिग्रदै गएको छ ।

पटक पटक यस बिषयमा समाचार बनेपनि सम्बन्धित सरोकारवालाहरूले चासो नराख्दा वर्षेणी गुजुल्टिएका तारकै कारण अप्रिय घटनाहरू हुदै आएका छन ।   तारकै कारण वर्षै पिच्छे बिद्युत र्सट भइ आगलागिका घटनाहरु हुने गरेपनि स्थानीय सरकारले केहि गर्न नसकेको स्थानीय ब्यवसायी उज्वल घिमिरे बताउछन । 

बगितका दिनहरुमा आँहा शुन्दरनगरी इटहरी भनेर चिनिएपनि अहिले अब्यवस्थित तारकै कारण कुरुप नगरी इटहरी भनेर चिनिन थालेको ब्यवसायी घिमिरे बताउछन ।  नेपाल बिद्यत प्राधिकरण बितरण शाखा इटहरीले पनि  बिजुलीको पोलमा लत्रिएका अधिकांस इन्टरनेट कम्पनिका तारहरू कामै नलाग्ने गरि बिग्रिएको भएपनि अहिले सम्म नहटाउदा ब्यवस्थापन गर्न असहज भएकोबताएको छ  ।

प्राधिकारणका अनुसार इटहरीस्थित मुख्य राजमार्गमा गाडिएको बिजुली पोलहरूमा लत्रिएका अधिकांस तारहरू मध्ये ५० प्तिशत कामै नलाग्ने गरी बिग्रीएको हो ।  इन्टरनेट तथा टेलिफोनका तारहरू हाल कामै नलाग्ने गरि बिग्रिएका हुन । निर्माणधिन ६ लेन राजमार्ग मर्मतका क्रममा धेरै जसो तारहरू काटनुपरेकोले सम्बन्धित पक्षबाट उक्त तारहरू हटाउदा अवस्था बिग्रिएको प्राधिकरण शाखा इटहरीको भनाइ छ ।

६ लेन राजमार्ग मर्मत गर्दा पोल सार्ने क्रममा धेरै जसो इन्टरनेटको र टेलिफोनको तारहरू काटनु परेको प्राधिकरण शाखा इटहरिको भनाइ छ । काटिएका तारहरू समबन्धित पक्षले ननिकाल्दा बिजुलीको पोलहरूमा क्षमत भन्दा बढी तारहरू गुजुल्टिएको देखिएको प्राधिकरण शाखा इटहरीले जनाएको छ ।

पोलमा गुजुल्टो परेको अब्यवस्थित तारहरूका कारण इटहरीको बातावरण लगायत शहरको स्वोरूप नै बिग्रिएको छ । गत वर्ष देखिनै स्थानीय सरकार अन्तरगत इटहरी उपमहानगरले तारहरू हटाउन सम्बन्धित पक्षस)ग छलफल गरेर अघि बढने जनाएपनि अहिले सम्म एक पटक पनि छलल हुन सकेको छैन ।

यस बिषयमा नेपाल बिद्युत प्राधिकरण बितरण शाखा इटहरीका प्रमुख सुरेस साहले नियम अनुसार र सम्झौता गरे अनुसार नै पोलमा तारहरू राखिएको तर सडक मर्मतको क्रममा काटिएका तारहरू अझै पनि सम्बन्धित पक्षले ननिकाल्दा यो समस्या आएको बताए । उनले ततल समस्या सामधानका लागि पुनः एक पटक इन्टरनेट कम्पनिहरूलाइ बोलाएर काटिएका तारहरू हटाउन लगाउने बताए ।