इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पुर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीवार देखि सञ्चालनमा आउने भएको छ ।
गत वैशाख महिना देखि कोरोना कहरका कारण वन्द रहदै आएको नेपालमै सवै भन्दा वढी वाटर स्लाइड ,जिपलाइन ,रक क्वाम्बीगं ,जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सहिने इप्पील्याण्ड पुनः सञ्चालनमा आउने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 
पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखित रहेका कारण पार्कलाई अझ विस्तार गर्ने तयारी थालेको इप्पील्याण्ड वाटर पार्कका अध्यक्ष भिमवहादुर पौडेलले वताए ।
वैकसंग ५५ करोड ऋण लिएर वाटर पार्क सञ्चालनमा ल्याएको वताउदै पुर्वी नेपालमा पर्यटन प्रवद्र्धनमा इप्पील्याण्डले ठुलो महत्व राख्दै आएको तर्फ मध्यनजर गर्दै विश्व पर्यटन दिवसको दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले प्रमाण पत्र प्रदान गरेको समेत पौडेलले पत्रकारहरुलाई जानकारी दिए ।
इप्पील्याण्डका प्रवन्ध निर्देशक ज्ञानविक्रम शाहले पार्कलाई विस्तार गर्दै ओलम्पीक स्तरको अभ्यास र प्रतियोगिता आयोजना गर्न सकिने स्वीमिगं पुल निर्माण गरिने , रात्रिकालिन खेल, आवास लगायत विस्तार योजना रहेको जानकारी दिए ।
पुनः सञ्चालनमा आएपछि एक साता सम्मका लागि प्रवेश शुल्कमा छुट दिने समेत पत्रकार सम्मेलनमा वताइयो । पार्कमा प्रवेशका लागि काटिने टिकटमा विमाको समेत व्यवस्था गरिएको पार्कका अर्का सञ्चालक विनोद पौडेलले वताए ।
गत वर्ष फागुन १७ गतेबाट सञ्चालनमा आएर बैशाख महिना सम्म दुई महिना मात्र सञ्चालनमा आउदा ३०हजार मानिसहरु पार्कमा मनोरञ्जनका लागि आएको तथ्याँक समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।




















