इटहरी । वैदेशिक अध्ययन लागि आवश्यक डकुमेन्टेसनका देखि ससाना प्राविधिक कामहरुका लागि काठमाडौं गइ रहनु पर्ने झण्झटको अन्त गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा काठमाडौं इन्फोसिस इजुकेसन कन्सल्टेसी केआइइसी को शाखा सञ्चालनमा आएको छ ।

     अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई समय र खर्च दुवै सहज होस भनेर इटहरीमा शाखा सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

  पत्रकार सम्मेलनमा केआइइसीका सस्थापक तथा सिइओ राजेन्द्र रिजालले बेलायत ,अस्टेलिया ,न्यू जिल्यान्ड जस्ता देशहरुमा काम गरेको डेढ दशक पुगेको र अमेरिका ,आयरल्यान्ड,जापान,स्विजरल्यान्ड, नर्वे , जर्मनी ,पोल्यान्ड,साइप्रस,सिंगापुर र अन्य मुलुकका शिक्षालयहरुमा विद्यार्थी अध्ययन गराउन सफल परामर्शदाता रहेको समेत जानकारी दिए । त्यसै गरी केआइइसीले खास गरी भाषा कक्षा ,परिक्षा तयारी , शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतिहरुमा समेत सफल उपस्थिती जनाइ सकेको समेत रिजालले वताए । टोफेल,आइल्टस, स्याट देखि जिआरइ र जिम्याटका कक्षाहरु केआइइसीले सञ्चालन गर्दै आउको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

   इटहरीमा पनि केआइइसीले इटहरी तथा आसपासका विद्यार्थीहरुलाई विश्वका विभिन्न देशमा रहेका कलेजहरुमा अध्ययन गर्न जान  सहज वनाउन परामर्श सेवा सञ्चालन सहित भाषा कक्षा , परिक्षा तयारी कक्षा सञ्चालनमा ल्याएको इटहरी शाखाका उमेश भण्डारीले जानकारी दिए । प्रदेश नम्बर १कै शैक्षिक हवका रुपमा विकसीत इटहरी तथा आसपासका क्षेत्रका विद्यार्थीहरुले भाषा कक्षा तथा टोफेल,आइल्टस, स्याट देखि जिआरइ र जिम्याटका लागि टाढा जानु पर्ने वाध्यता अन्तका लागि केआइइसी सहयोगी वन्ने सञ्चालकहरुले विश्वास लिएका छन ।