धनकुटा । जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाको समन्वयमा किरात आठपहरिया जातिको मार्गाथान नजिकै रहेका करिब २ सय बर्षभन्दा पुराना सल्लाका रुख ढल्ने खतरा भएपछि नेपाली सेनाको सहयोगमा हटाईएको छ । 

पुराना सल्लाका रुख भाँचिएर ढल्न लाग्दा बजारमा क्षति पुग्ने सम्भावना देखि जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाको समन्वयमा तत्काल नेपाली सेनाको सहयोगमा उक्त रुखको व्यावस्थापन गरि ठुलो माानवीय क्षति हुनबाट जोगाएको छ ।  

परिपक्व रुख आफै ढलेर अर्को रुखसँग अढेस लागेको अवस्थामा मानवीय क्षति हुने खतरा रहेको थियो । उक्त खतरा पुर्ण परिस्थतिमा पनि कुनै मानवीय क्षति हुन नदिई भाँचिएर अर्को रुखसँग अढेस लागेको सल्लाका रुखलाई नेपाली सेनाको सहयोगमा व्यावस्थापन गरि हटाई ठुलो मानवीय क्षति हुन बाट बचाईएको छ ।

उक्त रुखको व्यावस्थापन गर्ने क्रममा धनकुटा नगरपालिका वडा नम्वर ५ स्थित विहिबारे हटिया नजिक अडेस लागेको अवस्थाको रुखलाई हटाउन खोज्दा नजिकै रहेको रुखको जरैसँग ढल्दा लोकेन्द्र कुमारी रिजाल र शान्ता राईको घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।  

जोखिम निम्ताउने खतरामा रहेका करिब तीनसय बर्ष पुराना सल्लाका रूख नेपालि सेनाको कमाण्डले कटान गरि मानवीय क्षती हुनबाट जोगाएको जिल्ला प्रशासन कार्यालय धनकुटाका नायब सुब्बा रत्न दर्लामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला विपद् व्यावस्थापन समितिको समन्वयमा यहि असोज ८ गते बरख गण सल्लेरीको टोलिले २ वटा सल्लाको रुख हटाउने कार्य गरेका हुन् । बुढो रुख आफै ढलेर दोस्रो रुखमा अड्किएकाले सर्वसाधारणलाई आवातजावतमा जोखिम भएपछि तत्काल विपद् व्यावस्थापन समितिको बैठक बसेर रुख हटाउने कार्य अघि बढाईएको हो ।  

बरखगणका उपसेनानी प्रेम बहादुुर तामाङ्गको कमाण्डमा दैनिक १५ जना नेपाली सेनाको टोली खटिएर गरेको नमुना योग्य कार्यले उक्त जोखिममा मानवीय क्षति भने नभएको स्थानीयको भनाई छ । 

मार्गा गुठीको नाममा रहेको बुढा र उमेर पुगेका रुख जरै पल्टिएर ढल्ने अवस्थामा पुगिसक्दा पनि उक्त रुख भने काट्न नहुने र उक्त रुखका काठपात आठपहरीया जातीले भने प्रयोग गर्न नमिल्नुका साथै मार्गा सञ्चालन समितिले पुजाआजामा दाउराको रुपमा बाल्नको लागि बाहेक अन्य कुनै पनि प्रयोजनकालागि उपयोग गर्न नमिल्ने भन्दै गुठि समितिको निर्णयानुसार कोटेशन खुलाएर फर्निचर उद्योगलाई बिक्रि गरेर आम्दानीको रुपमा राखिने धनकुटा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष धन बहादुर आठपहरीयाको भनाई छ । 

उक्त रुखहरु करिब दुई सय वर्ष भन्दा पूराना रहेका र उमेर पुगेका रुख आफै भाँचिएको र लडेर मानविय क्षति हुन सक्ने सम्भावनालाई ध्यान दिदै केही दिन अघि बरख गण सल्लेरीबाट खटिएको नेपाली सेनाको टोलिले रुख पन्छ्याएको जिल्ला प्रहरी कार्यालय धनकुटा सञ्चार शाखाले जनाएको छ ।

भाँचिएर अडेस लागेको रूख व्यावस्थापन गर्न खोज्दा एक्कासि अढेस दिएको रुखको जरैसँग पल्टदा ढुंगा, माटोको गाह्रो र टिनको छाना भएको दुई वटा दुई तले दुईघर क्षतिग्रस्त भएका हुन । उक्त घर क्षतिहँुदा करिब प्रत्येक घरको १०÷१० लाखको क्षति भएको जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाले जनाएको छ । 

उक्त क्षतिपुगेका परिवारलाई नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाले राहात स्वरुप त्रिपाल प्रदान गरेको छ ।