इटहरी । थारु समुदायका महिलाहरुको महान पर्व जितियाको अवसर पारेको सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरियो ।
थारु समुदायका महिलाहरुले सन्तानको सुख शान्ती र दिर्घायुको कामना गर्दै मनाउने जितया पर्वको अवसर पारेर थारु महिला सभा जिल्ला समितिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
प्रदेश नम्बर १ प्रदेश सभा सदस्य नवोदिता चौधरीको प्रमुख आतिथ्यता तथा थारु महिला सभा जिल्ला समिति सुनसरीकी अध्यक्ष शुसिला लेखीको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेसमा थारु समुदायको उल्लेखिय वसोवास रहेको भएपनि थारु समुदायले महाउने महान पर्व जितिया लगायतमा विदा तथा थारु समुदायका धार्मिक तथा सांस्कृत कला सम्पदा संरक्षणमा सरकार गम्भीर नभएको कार्यक्रमका वक्ताहरुले गुनासो गरे । 
सो अवसरमा थारु समुदायका अगुवा तथा कानुन व्यवसायी रामराज चौधरीले जितिया पर्व संरक्षण विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा जितिया कथा वाचक पुस्तीकाको प्रमुख अतिथीले विमोचन गरेकी थिइन । कार्यक्रममा विभिन्न संघसंस्था तथा थारु समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
((




















