इटहरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनवाट निर्वाचित समितिले एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण गरिएको छ ।
शनिवार सम्पन्न निर्वाचनवाट चयन भएको नयाँ कार्य समितिमा निर्वाचितहरुलाई निर्वाचन अधिकृत सृर्जना नेपालले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेकी हुन ।
इटहरी काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापतिमा हेमकर्ण पौडेल निर्वाचित भएका थिए । त्यसै गरी नगर समितिको उपसभापतिमा कोविदजंग कार्की , बालकृष्ण विष्ट, सचिवमा विक्रम घिमीरे , मन्दिप भट्टराई , सहसचिवमा मेनुका गिरी र इश्वर तामागं निर्वाचित भएका थिए ।
३१ सदस्य कार्यसमितिमा सभापति पौडेल प्यानलका धेरै चयन भएका छन । सस्थापन पक्षबाट विकास केसी र सस्थापन इतर पक्षबाट हेमकर्ण पौडेल नेतृत्वको प्यानल इटहरीको नगरकार्य समितिको निर्वाचनमा प्रतिस्पर्धा गरेका थियो । कुल ४सय ८३ जना मतदाता रहेकोमा ४सय ८२जनाले मतदान गरेकामा सभापतिमा निर्वाचित पौडेले २सय ५३ मत र प्रतिद्धन्दी केसीले २सय ११ मत पाएका थिए । यस अघि १३औं अधिवेशनमा पनि पौडेलले केसीलाई धेरै मतान्तरले पराजित गरेका थिए । प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुगांना लगायतका काग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




















