मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-८ राजघाट स्थित चौधरी टोलका अभिषेक चौधरी हत्या काण्डका आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी-७ स्थायी ठेगाना भएका वर्ष २७ का अभिषेक लिम्बु र उर्लाबारी-५ स्थायी ठेगाना भएका वर्ष २८ का विजय लिम्बु रहेको मोरङ प्रहरी प्रवक्त दिपक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार घरटनामा समलग्न अन्यलाई प्रहरीले यस अघि नै पक्राउ गरी कार्वाही अगाडी बढाएको भएता पनि घटनाका मुख्य आरोपित लिम्वु द्वय परार रहेका थिए ।
उनिहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरिक्षक राजाराम खड्काको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनिहरुलाई मोरङको सिमावर्ती पालिका सुनवर्षी नगरपालिका- ८ स्थित सिक्टी भन्ने ठाउ बाट ३ महिना पछि असोज ८ गते विहान पक्राउ गर्न सफल भएको निरीक्षक खड्काले बताए ।
गत साउन ११ गते राजघाट स्थित भरत शर्माको घरमा वसी रहेका वर्ष २१ का अभिषेक चौधरी र सोही वडा वस्ने वर्ष १९ का सुमन धामीलाई धारीलो हतियार प्रयोग गरी लिम्बु सहितको समुहले आक्रमण गरेको थियो ।
अक्रमणमा परि घाईते भएका चौधरीको उपचारका क्रममा झापाको विएण्ड सि अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
प्रहरीका अनुसार धामी र चौधरीलाई आक्रमण गर्न १५ जनाको समुह बनाएर आएको युवाहरुको समुहले उनिहरुमा माथि खुकुरी, चकु र छुरा प्रहार गरेर फरार भएका थिए ।



















