इटहरी । नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्तरगत सुनसरीमा पनि आज पालिका स्तरीय अधिवेशन भईरहेको छ ।

   सुनसरीका १२ स्थानीय तह मध्ये एघार स्थानीय तहमा काँग्रेसको अधिवेशन जारी रहेको हो । जिल्लामा रहेका १२ स्थानीय तह मध्ये हरिनगर गाउँपालिकामा यस अघि नै सर्वसम्मत अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिए ।20210925_125145

    एघार स्थानीय तह अन्र्तगत विभिन्न पालिकाहरुमा कतै प्यानलै वनाएर कतै छुट्टा छुट्टै उमेद्धवारहरु विच निर्वाचन जारी रहेको छ । सुनसरीमा रहेका दुई उपमहानगरपालिका धरान र इटहरीमा स्थापन पक्ष र स्थापन इतर पक्षले प्यानल नै वनाएर चुवानी प्रतिस्पर्धा गरिरहेका छन । 20210925_125245धरानमा श्याम पोखरेल र किशोर राईको नेतृत्व रहेको दुई प्यानल विच चुनावी प्रतिस्पर्धा भई रहेको छ भने इटहरीमा हेमकर्ण पौडेल र विकास केसी नेतृत्वको दुई प्यानल विच चुनावी प्रतिस्पर्धा भई रहेको छ ।

  केही पालिकाहरुमा मतदान भई रहेका छन भने केहीमा अहिले पनि सर्वसम्मतका लागि प्रयास भई रहेको तथा केहीमा ढिलो गरी निर्वाचन प्रकृया अघि वढेको निर्वाचन समितिले जानकारी दिएको छ । 20210925_124836काँग्रेसको आगामी मंसिरमा सम्पन्न हुने महाअधिवेशन अन्र्तगत ६४ जिल्ला वडा अधिवेशन सम्पन्न भई सकेका छन । वडा अधिवेशन सम्पन्न भएका जिल्लाहरुका पालिका तहको अधिवेशन आजबाट सुरु हुने तालिका अन्र्तगत सुनसरीमा पालिका तहको अधिवेशन सुरु भएको छ । क्षेत्र , जिल्ला र प्रदेश को अधिवेशन भने देश पछि हुने यस अघि नै तालिका सार्वजनिक भईसकेको छ ।