इटहरी । होटल तथा लज व्यवसायी समिति इटहरीको कार्य सम्पादनका लागि कार्यालय सञ्चालनमा ल्याएको छ ।
इटहरीको विराटनगर लाईनमा एक कार्यक्रमको आयोजना गरी होटल तथा लज व्यवसायी समितिको कार्यालय उद्घाटन गरेको हो ।
होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि कार्यालय सञ्चालनमा ल्याईएको छ । केही महिना अघि होटल तथा लज व्यवसायी समिति उमानाथ दाहालको अध्यक्षतामा गठन भएको थियो । 
कार्यालयको प्रदेस नम्बर १ का प्रदेस सभा सदस्य लिलम बस्नेतले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा होटल तथा लज व्यवसायी समिति इटहरी पुर्व अध्यक्ष देवी गौतम , होटल व्यवसायी संघ प्रदेस नम्बर १का उपाध्यक्ष गोविन्द थापा, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी,नुडल्स ब्यवसायी संघ सुनसरीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















