इटहरी । सुनसरीमा महिला क्रिकेटर नरहेको तर्फ मध्यनजर गर्दै महिला क्रिकेट खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गको एशिया छनौटमा सहभागी हुने खेलाडीहरुको प्रशिक्षण सुनसरीमा गराईने भएको छ ।
मलसियामा हुन गई रहेको अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको छनोट चरण अन्र्तगत हुने प्रतियोगितामा सहभागी हुने राष्ट्यि टोलीका खेलाडीहरुको लागि तयारी प्रशिक्षण यही असोज ७ गते देखि १३ गते सम्म इटहरीमा हुन लागेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा महिला खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीमा तयारी प्रशिक्षण गर्न लागिएको राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले वताए । उनले राष्ट्यि महिला क्रिकेटमा प्रदेस नम्बर १का विभिन्न ठाउँमा महिलाहरुको बचश्र्व रहेको भएपनि सुनसरीको सहभागिता नरहेको तर्फ मध्यनजर गर्दै सुनसरीमा पनि महिला क्रिकेटर उत्पादनमा प्रोत्साहन मिलोस भनेर सुनसरीलाई छनोट गरिएको जानकारी दिए ।
नेपाल क्रिकेट संघको आयोजना तथा सुनसरी क्रिकेट संघको व्यवस्थापनमा इटहरीमा तयारी प्रशिक्षण आयोजना गर्न लागिएको कार्यक्रम संयोजक विप्लव घोषले जानकारी दिए । उनले विगत ५ वर्ष देखि राष्ट्यि महिला क्रिकेटमा प्रदेस नम्बर १का झापा, मोरगं, इलाम जिल्लाका महिला खेलाडिहरुको उलेखिय सहभागिता रहेको भएपनि सुनसरीमा महिला खेलाडी उत्पादन हुन नसकेको तर्फ मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । छनौट चरणको तयारी कार्यक्रममा ११ जना महिला खेलाडिहरुको सहभागिता रहने जनाइएको छ । मलेसियामा हुने छनौट चरणबाट छनौट भए नेपाली महिला क्रिकेट टीमले न्युजिल्याण्डमा हुने अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगिता २०२१मा सहभागी हुन पाउने सो अवसरमा जानकारी गराइयो ।




















