इटहरी । रोटरी क्लव अफ इटहरीको आयोजनामा यही असोज १० गते प्लस टु देखि मास्टर डिग्री सम्मा विद्यार्थीहरुलाई सहभागिता गराएर निबन्ध प्रतियोगिता गर्ने भएको छ ।
मैले चाहेको परिवर्तन शिर्षकमा नेपाली र अग्रेजी भाषामा प्रतियोगीहरुले निबन्धन लेख्न पाउने गरी निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको रोटरी क्लव अफ इटहरीले जनाएको हो ।
प्रतियोगिता अन्र्तगत प्रथम हुनेलाई २०हजार नगद शिल्ड प्रमाण पत्र दोस्रो हुनेलाई १२हजार नगद शिल्ड प्रमाण पत्र र तेस्रो हुनेलाई ८हजार नगद र प्रमाण पत्र प्रदान गरिने रोटरी क्लव अफ इटहरीका शोभा कोइरालाले जानकारी दिइन ।
प्रतियोगिता अन्र्तगतको प्रतिस्पर्धाका लागि असोज १० गते ११ वजे देखि इटहरी ६मा रहेको पिसजोन स्कुलमा आायोजना गरिने समेत जनाइएको छ ।




















