मोरगं । दशै तिहार जस्ता ठुलो चाडपर्व नजिकी रहेको समयमा मोरगंको सुन्दरहरैचा ५मा चोरीका घटनाहरु बढ्न थालेपछि स्थानीयले सुरक्षाको माग गर्न थालेका छन ।
एक महिना देखि सो क्षेत्रमा खसीबाख्रा लगायत चौपायाहरु चोरी भई रहेको भन्दै स्थानीयले सुरक्षाको माग गरेका हुन ।
विगत एक महिना देखि चोरीका घटना दिनप्रतिदिन वढी रहेको भन्दै स्थानीयले खोरै रित्याएर खसि बाख्रा चोरी भएको समेत गुनासो गरे । त्यसै गरी चोरले पानी तान्ने मोटर, सिटी सफारीको व्याट्री लगायतका सामानहरु समेत चोरेर लागने गरेको स्थानीय वताउछन । पछिल्लो पटक मात्र स्थानीय रुद्र घिमिरेको बाख्रा फर्मबाट ७ वटा बोयर जातका खसि वाख्रा हराएको त्यसै गरी श्याम बहादुर कार्कीको ५ वटा खसी बाख्रा हराएको भन्दै स्थानीयले सरोकारवाला निकायले सुरक्षाको व्यवस्था मिलाई दिनु पर्नेमा जोड दिए।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मै रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा समेत पटकपटक चोरी हुदैँ आएको गौशालाका संरक्षक पंण्डित दिनबन्धु शास्त्रीले वताए । उनले गौशालाको गोठबाटै गाइको बाछो हराएको छ भने गाइको प्रतिमा निर्माणका लागि राखिएको फलामे छड समेत हराएको समेत जानकारी दिए ।
गत वर्ष पनि गौशालाकै भान्साबाट ग्याँस सहित भाडाँहरु चोरी भएको जनाइएको छ । चोरीका घटनाक्रमहरु वढी रहेको समयमा सार्वजनिक स्थलमा राखिएका सिसी क्यामराहरु विग्रीएको भन्दै स्थानीयले आकोस समेत व्यक्त गरेका छ ।
स्थानीय सरकारले सार्वजनिक स्थानमा राखिएका सिसी क्यामराहरु मर्मत गर्नु पर्ने तथा सडक बत्तीहरु समेत सवै विद्युत पोलमा लगाउनु पर्नेमा समेत जोड दिए । नगरपालिकाले चोरी तथा अपराधिक घटनाहरु नहुन भनेर साथै भई हालमा अनुसन्धानका लागि सजिलो होस् भनेर केही सार्वजनिक ठाउँमा सीसी क्यामेर जडान गरेपनि अहिले विग्रिएको अवस्थामा रहेको पाइएको समेत स्थानीयले गुनासो गरे ।




















