धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाको काजीमाने तीनघरे स्थित निशान भगवती (भाले)लाई स्थान्तरण गरेर नवनिर्मित निशान मन्दिर माङ्हिममा स्थापना गरिएको छ ।
निशान मौलो संरक्षण समिति(ख) तीनघरे काजिमानेले एक कार्यक्रमका साथ पुजाको आयोजना गरेर पुरानो मन्दिरबाट नयाँ मन्दिरमा भगवतीको स्थापना गरेको हो ।
संघ, प्रदेश र छथर गाउँपालिकाकोे लागतमा सोही स्थान नजिक निर्मित नयाँ भवनको संघिय सांसद राजेन्द कुमार राईले रिवन काटेर उद्घाटन गर्दै देवीको स्थापना गर्नुभएको हो ।
स्थानियबासी र मन्दिरका पुजारीले राँगा सहित पन्च बली दिएर बिधिवत् रुपमा नयाँ मन्दिरमा निशान भगवतीको प्रतिस्थापन गरेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले जानकारी दिनुभयो ।
उक्त मन्दिर निर्माणका लागि संघिय सरकारको १० लाख, उद्योग पर्यटन तथा वाताबरण मन्त्रालय प्रदेश नं.१ को आठ लाख र पालिकाको एकलाख ५० हजार रुपैयाँ गरि कुल १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको निशान मौलो संरक्षण समिति(ख)का अध्यक्ष मोहन कुमार लिम्बूले जानकारी दिनुभयो ।
भाले र पोथी २ निशानको लिम्बूहरुका खजुम बंशले बि.सं.१९३९ मा मन्दिर स्थापन गरी निशान देवीको पुजापाठ गर्दै आएको ईतिहांस छ । हरेक बर्ष दशैको नवमीमा दुबै निशानहरुको धुमधाम संग पुजागरी स्थानिय पिङ डाँडामा मौलो (राँगा) काटेर दशै मनाउने यस स्थानमा परम्परा रहिआएको वडा नं. ३ का अध्य्रक्ष ज्ञानबहादुर लिम्बूले जानकारी दिनुभयो ।




















