इटहरी । कोभिड रोकथाम न्युनिकरण र नियन्त्रणका लागि क्यारिटस नेपालले प्रदेस नम्बर १का विभिन्न पालिका तथा स्वास्थय संस्थाहरुलाई स्वास्थ्य सामाग्री उपलव्ध गराउदै आएको छ ।
प्रदेस नम्बर १का विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुका लागि एक करोड बीस लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्ने लक्ष्य अनुसार सुनसरीको इटहरी अस्पताल , दुहवी नगरपालिका र हरिनगर गाउँपालिकालाई समेत स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।
क्यारिटस जर्मनीको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिदै आएको क्यारिटस नेपालका देवेन्द्र पोखरेलले वताए ।
उनले कोभिड रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भनेर स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको समेत जानकारी दिए ।
क्यारिटस नेपालले स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएपछि इटहरी उपमहानगरपालिकालाई ठुलो सहयोग पुगेको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले वताइन ।
क्यारिटस नेपालले क्यारिटस जर्मनीको आर्थिक सहयोगमा फोल्डीगं बेड, सर्जिकल मास्क , पिपीइ , सेनिटाइजर , सर्जिकल ग्लोव , एन्टीजेन किट , अक्सिमिटर , नेवुलाइजर मेशिन लगायतका सामाग्रीहरु विभिन्न स्वास्थ्य संस्था तथा पालिकाहरुलाई उपलव्ध गराउने आएको छ ।




















