मोरगं । नेपालमा पाइने कच्चा पद्धार्थहरुको प्रयोग गरी राम्रो उत्पादन लिन सक्ने गरी उद्योगहरु सञ्चालन गर्न सकिने भएपनि गतल उद्योग नीतिका कारण उद्योगहरुले अन्य मुलुकबाट कच्चा पद्धार्थ मगाएर उद्योग सञ्चालन गर्नु परिरहेको गुनासो गरे ।

    मोरगंको विराटचौकमा भएको पुर्वाञ्चल प्लाइउड संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै अतिथीहरुले सरकारको गलत नीतिका कारण प्लाइउड उद्योगहरु समेत मारमा पर्दै आएको गुनासो गरेका हुन ।20210919_123036

   उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का अध्यक्ष टिकाराज ढकालको प्रमुख अतिथ्यता तथा पुर्वाञ्चल प्लाइउड संघका कार्यवाहक अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा भएको दोस्रो अधिवेशनले सिताराम अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसै गरी संघको उपाध्यक्षमा विष्णु माधो गदिया ,महासचिवमा दुर्गा भण्डारी ,सचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा दिवाकर राठी अधिवेशनवाट चयन भए ।

  कार्यक्रममा अतिथी प्लाइउड संघका केन्द्रिय संस्थापक अध्यक्ष देवानन्द सरावगी लगायतले  बोलेका थिए ।