इटहरी । विपदका समयमा मानिसहरुलाई तत्काल आवश्यक खाद्यान्न उपलव्ध गराउन सकियोस भनेर सुनसरी इटहरीमा एक करोड ८० लाखको लागतमा फु्ड बैक निर्माण गरिने भएको छ ।
फु्ड वैक सञ्चालनका लागि भवन निर्माणका लागि एक कार्यक्रमको आयोजना गरी इटहरी १०को डुमाटोकामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र विशिष्ट अतिथी ग्लोवल सर्भिस टिम मल्टीपल डिष्ट्रिक कोडिनेटर अनन्त प्रसाद भेटवालले संयुक्त रुपमा शिलान्यास गरे ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय २१ लायन्स क्लव तथा लियो क्लवहरुको सक्रियतामा चाडै सम्पन्न गर्ने गरी शिलान्यास गरिएको कार्याक्रमका अध्यक्ष भविन खड्काले वताए ।
विपदको समयमा तत्कालिन अवस्थामा कोही पनि भोको बस्नु नपरोस भनेर फु्ड वैक स्थापना गरी संभावित विपदको समयमा चाहिन सक्ने गरी खाद्यान्न भण्डारण गर्ने गरी भवन निर्माण गर्न लागिएको फु्ड बैकका सचिव लोकेन्द्र ढकालले जानकारी दिए । फु्ड वैक शिलान्यास कार्यक्रममा स्थानीय विपन्न ६० परिवारलाई प्रति परिवार २० केजीका दरले चामल वितरण गरियो ।
शिलान्यास कार्यक्रममा लायन्स क्लवका पुर्व डिष्ट्रिक गर्भनर राजन खत्री,टंक बहादुर श्रेष्ठ , वडा नम्बर १०का वडाध्यक्ष प्रकास चौधरी , फस्ट भाइस गभर्नर कर्म गुरुङ तथा लायन्स टिम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















