इटहरी । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल गढी गाउँपालिकाको  दोस्रो अधिवेशनले राजाराम मेहताको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

     प्याब्सन सुनसरीका उपाध्यक्ष थानेश्वर ढकाल (नेलसन) को प्रमुख आतिथ्यता तथा अनन्तराम चौधरीको अध्यक्षतामा भएको प्याब्सन गढी गाउँपालिकाको दोस्रो अधिवेशनले ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।242198840_4161909383921224_8823391696540207455_n

   नयाँ कार्यसमितिको सचिवमा अमरलाल उराँव कोषाध्यक्षमा रिता साह रहेका छन भने सदस्यहरुमा इन्द्रदेव चौधरी किरण चौधरी वुधनारायण विश्वास रहेको नयाँ कार्यसमिति सर्वसम्मत अधिवेशनले चयन गर्याे । अधिवेशनमा छिमेकी प्याब्सन दुहवी नगर समितिका अध्यक्ष सुसिल शाक्य, निवर्तमान अध्यक्ष पुरुषोत्तम राई , रन्जन भट्टराई लगायतको अतिथीहरुको सहभागिता रहेको थियो ।