धनकुटा । महालक्ष्मी नगरपालिका वडा नम्वर ६ गुठस्थित नागेश्वर दुग्धनाथ मन्दिरको नयाँ भवन निर्माण गरिने भएको छ ।
भवन निर्माण सम्पन्न भएपछि मन्दिरमा महन्तहरु बस्न सहज हुँने र धार्मिक पर्यटनको विकासमा पनि टेवा पुर्याउने उद्धेश्यले उक्त भवन निर्माण गर्न लागिएको हो ।
भवन बनाउँने ठाउँमा निर्माण सामाग्री राखेर महालक्ष्मि नगरपालिकाका प्रमुख पर्शु नेपालले एक कार्यक्रमका साथ शिलान्यास गर्नु भएको नगरपालिकाले जनाएको छ ।
उक्त भवन एक करोड ५६ लाख ८६ हजारको लागतमा निर्माण गर्न लागिएको हो ।
पुरानो र आकर्षक शैलीमा बनाइने सो भवन निर्माणका लागि पुरातत्व बिभाग अन्तर्गत पुननिर्माण प्राधिकरणले ठेक्का लगाएको छ ।
एक बर्षभित्र निर्माण गरिसक्ने योजना अनुरुप धर्म एस छाँयाश्वरी दिब्यश्वरी लोकन्थली भक्तपुरले निर्माणको जिम्मा लिएको उक्त भवन दुई तलाको रहेको महालक्ष्मि नगरपालिकाले जनाएको छ ।




















