इटहरी । माग भए जति दक्ष जनशक्ति नपाउदा देशभर बुधबार देखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना अन्तरगत पहिलो चरणमा हुदै गरेको घर तथा घरपरिवार सूचीकरण कार्यक्रम सुनसरीमा प्रभावित बनेको छ ।देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन ।
राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तिन पालिकाहरूमा १२२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तरगत धरान उपमहानगरपालिकामा ४८ जना , इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरि १२२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जनगणनाको कार्यालय इटहरीका सहायक जनगणना अधिकारी जनक काफ्लेले बताए ।
उनका अनुसार खटिएका सुपरिवेक्षकहरू तोकिएको पालिकाको जनसख्याको तुलनामा ज्यादै न्युन हुन । उनिहरूले पहिलो चरणमा घर घर पुगेर घर तथा घर परिवारको सुचिकरण लिने र कार्यालयमा बुझाउने छन । भदौ ३० गते देखि सुरू भएको पहिलो चरणको कार्यक्रम आगामि अशोज १८ गते सम्म चल्ने सहायक जनगणना अधिकारी काफ्लेले बताए ।
त्यस्तै पहिलो चरणको कार्यक्रम सकिएलगत्तै पुनःदोश्रो चरणमा गणकहरू नियुक्ति गरी तोकिएको स्थानमा पठाउने र घर परिवारको तथ्याक लिने बताइएको छ । यो कार्यक्रम कार्तिक २५ गते देखि मसिर ९ गते सम्म रहने छ ।
राष्ट्रिय जनगणना २०७८ लाइ सफल बनाउन केन्द्रिय तथ्याक बिभागले सुनसरीको दुइ शहरमा जनगणनाको कार्यालय स्थापना गरी काम सुरू गरेको छ । सुनसरीको इटहरी र इनरूवामा कार्यालय स्थापना गरी पहिलो चरणको कार्यक्रम सुरू गरिसकेको सहायक जनगणना अधिकारी काफ्लेले बताए ।
जस अनुसार इटहरी उपमहानगरको २० वटा वार्डमा ४९ जना सुपरिवेक्षक खटाइएको छ भने बराहक्षेत्रको ११ वार्डमा २५ जना र धरान उपमहानगरमा ४८ जना सुपरिवेक्षकहरू खटाइएको छ ।यो वर्ष इटहरीमा करिब ३६,२१७ धरानमा ३८,८९३,र बराहक्षेत्रमा२०,३४३ घर तथा घरपरिवार सुचिकरण हुने अनुमान लगाइएको छ ।
के के छन चुनौति ?
१२ औ राष्ट्रिय जनगणना कार्यक्रम २०७८ सफल पार्न बिभागले मातहतका कार्यालयहरूमा पत्राचार गरेपनि समयमै काम सम्पन्न हुनेमा आशका देखिएको छ ।
बुधबारदेखि सुरू भएको भनिएको पहिलो चरणको कार्यक्रममा चुनातिहरू थपिएका छन । कम जनशक्तिले तोकिएको मितिभित्र निश्चित क्षेत्रमा रहेका घर तथा घर परिवारको सुचिकरण गरिसक्ने या नसक्ने केहि भन्न सक्ने अवस्था नरहेको पाइएको छ । त्यस्तै शहरमा जनगणना सुरू भएको रेडियो तथा बिभिन्न सञ्चारमाध्यमहरूबाट जानकारी भएपनि भित्रि गाउहरूमा सुचना प्रवाह हुन नसक्दा धेरे जसो जनगणना बारे अनभिज्ञ देखिएका छन ।
स्थानीय मात्र नभइ सुनसरीका जनप्रतिनिधिहरूपनि जनगणनाबारे अनभिज्ञ रहेको बताउद आएका छन । इटहरी उपमहानगर ४ का वडाध्यक्ष चन्द्रप्रशाद भट्टराइ जनगणना सुरू भएकोबारे जानकार नभएको बताउछन त्यस्तै इटहरी वार्ड न ९ का वडाध्यक्ष भुपेन्द्र बरालले पनि आफ्ने वडाबाट जनगणना सुरू भएपनि आफैलाइ केहि जानकारी न नभएको बताए ।
जनप्रतिनिधि तथा स्थानीय सरकार सग समन्वय नै नगरी जनगणनाको काम गर्दा समयम सम्पन्न नहुने हो कि भन्ने आशका उब्जिएको छ ।
सुपरिवेक्षकको आफ्नै गुनासो
यसै गरी सुनसरीको तिन पालिकामा खटिएका १२२ जना सुपरिवेक्षकहरू मध्ये धेरे जसोले घर घर पुगेर घर तथा घर परिवारको सुचिकरण गर्न समस्या भइरहेको बताएका छन । इटहरीमा एउट घरमा तिन पटक सम्म जादा पनि सहि बिवरण दिन नमान्ने , कोरोना त्रास छ अहिले नआउ भनेर पठाउने ।
हतपत ढोकै नखोल्ने , खोलिहाले हामि केहि भन्दनौ भनेर बाहिरिने जस्ता समस्या देखिएको सुपरिवेक्षकहरूले बताएका छन ।उनिहरूले सिगो वडामा एक्ल कुद्नुपर्ने र खटिएको ठाउबाट सहायता नपाउने गरेको गुनासो राख्ने गरेका छन ।उनिहरूले गाउ गाउमा सुचना तथा प्रचार प्रसार नपुग्दा जनगणना सुरू भए या नभएकाे कुन जानकारी नपाएकाे कारण याे समस्या भएकाे गुनासाे गरेका छन ।



















