इटहरी । हरेक वर्ष जस्तै यस वर्ष पनि हर्सोउल्लासका साथ आज विश्वकर्माबाबाको पूजा धुमधामका साथ प्रदेस नम्बर १ मा पनि गरिदै छ ।
कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष असोज १ गने विश्वकर्मा पुजा गरि मनाउने गरिन्छ ।
विश्वर्कमा बाबालाई कर्मका उपासकको रुपमा लिइने भएको कारण फलाम र औजारका क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई महत्वपुर्ण दिनका रुपमा पुज्ने गर्दछन । फलामसंग सम्वन्धीत कलकारखाना , सवारी साधन , मेशीनरी आदीका क्षेत्रका काम गर्नेहरुले विश्वकर्मा बाबाको पुजाअर्चना गरी आगामी दिनमा अझ वढी सफलता मिलोस भनी आरधना गर्ने गर्दछन ।
प्रदेस नम्बर १का विभिन्न ठाँउहरुमा रहेका विश्वकर्मा बाबाका मन्दीरहरुमा सवारी साधन लगेर पुर्जाअर्चना गर्नेहरुको भिड लागेको छ । सुनसरीको धरान र मोरगंको सुन्दरहरैचामा रहेको विश्वकर्मा बाबाको मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ । विश्वकर्मा पुजाका दिन आफुले प्रयोग गर्ने सवारी साधन , कलकारखाना , मेशीनरी आदिको पुजा गरी मनाइदै छ ।
विश्वकर्मा पुजाका अवसर पारेर सवारीका साधनहरुलाई बिहानै धोइपखाली गरी पुजा गरिन्छ भने अन्य फलामसंग सम्वन्धित कलकारखाना तथा औजारहरुको पनि पुजा गर्ने चलन रहेको छ । सवारीका साधानका साथै मेशीनरी उद्योगहरु सजाएर रंगीनचगीं वनाएर पुजा गर्ने गरिन्छ । आजको दिन मेशीनरी ,सवारी साधन , कलकारखाना आदिको पुजा गरीने भएको कारण यस्ता सवारी साधान र उद्योग कलकारखान त्यत्ती धेरै सञ्जाल भएको पाइदैनन । फलामसंग सम्वन्धित काम गर्नेहरुले आजको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजास्थल वनाउने र आजको दिन पुजा गरी भोली पल्ट नदी तथा तलाउमा लगेर मुर्ति सेलाउने प्रचलन समेत रहेको छ ।




















