- पारस सुबेदी
इटहरी / पूर्वको प्रमुख व्यापारिक केन्द्रको रूपमा बिस्तार हुर्दै गएको इटहरी उपमहानगरपालिकामा जडान गरिएको सिसी क्यामरा मर्मतका लागी कुनै पनि निकायले चासे नदिँदा अपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ, केन्द्रि सरकार लगायतले जडान गरेको सिसी टिभी क्यामरा स्थानीय सरकारले माल पाएर चाल नपाएको अवस्था बनेको आम सर्बसाधरणले बताउँदै आएका छन् ।
अपराधिक क्रियाकलापको दरिलो प्रमाणका रूपमा प्रयोग हुँदै आएका क्यामरा बिग्रिएका कारण इटहरीबाट धरान विराटनगर, झापा र पश्चिम जाने केन्द्र यही बाटो भएका कारणले समेत यहाँबाट आपराधिक क्रियाकलाप अत्यधिक हुने गरेका छन् । लागु औषध मात्र होइन अपराध लुटपाटका घटना समेत इटहरीमा अत्यधिक मात्रामा पढिरहेको छ । यसरी दैनिक रूपमा हुने हत्या हिंसा बलात्कार , लागु औषध सेवन र ओसार पसारको नजिकबाट प्रमाण जुटाउने शक्ति भनेको विभिन्न स्थानमा जडान गरिएका सिसी क्यामरा हुन ।
मस्ट वानटेड नाइके देखि सामान्य चोरीमा संलग्नहरू यहि क्यामराको नियरानिबाट नियन्त्रणमा आउने गरेका छन् तर पछिल्लो समय इटहरीमा जडान गरिएका अधिकाधिक क्यामरा काम नदिने अवस्थामा पुगेका कारण अपराधमा संलग्न हुनेहरु खुलेआम हिडि रहेको अवस्था छ । इटहरीमा भएका ३५ वटा क्यामरा मा २७ वटा पुणर् रूपमा प्रयोग विहीन भएर बिग्रिएको अवस्थामा छन् । दैनिक रूपमा अपराधजन्य घटनाहरूको पर्दाफास गर्न प्रयोग गरिने क्यामरामा इटहरी उपमहानगरपालिका ९ नम्बर वडाले जडान गरेको ६ वटा, ४ नम्बर वडाले जडान गरेको ५ वटा, प्रदेश १ सरकारले जडान गरेको ७ वटा , उद्योग वाणिज्य सङ्घ इटहरीले ८ वटा , १ नम्बर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २ वडा गरी जम्मा ३५ वडा जडान गरको थियो तर हाल इलाका प्रहरी कार्यालय इटहरी परिसर भित्रका ७ वटा क्यामरा सञ्चालनमा छन् र त्यो भन्दा बाहिर बजार क्षेत्रका १ वटा मात्र सञ्चालनमा रहेका छन् ।
कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगर क्षेत्रका सिसी क्यामेरा राख्ने विषयमा तयारी पारिएको प्रतिवेदन समेत उपमहानगरका मेयर द्वारिकालाल चौधरीलाई बुझाइएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले मेयर चौधरीलाई सो प्रतिवेदन बुझाएका हुन् । यसअघिप्रदेश सरकार, उद्योग वाणिज्य सङ्घ र अन्यबाट इटहरी मा उपमहानगर क्षेत्रमा जडान गरिएको सिसी क्यामेर बिग्रिएकाले नयाँ जडानका लागि उपमहानगरसँग अनुरोध गरिएको हो । इटहरीको चार कोसे झाडीबाट खनार हुँदै सोनापुर सम्म ३० वटा क्यामरा जडान गर्न माग राखिएको छ । यसरी बजारकै क्यामरा बिग्रँदा प्रत्यक्ष रूपमा चोरी देखि ठुला अपराधका घटना समेत बडेर जाने हुँदा नागरिक समाजको तफबाट सरोकार वाला निकायलाई बारम्बार जानकारी गराएको नागरिक समाजका अध्यक्ष राजु केसिले बत्ताउँछन् ।
क्यामरा मर्मत नभएका लागी बारम्बार सरोकार निकायलाई जानकारी गराएको भए पनि चासो नदिएको इटहरी प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताएका छन् । हाल जडान भएका क्यामरा गुणस्तर हीन भएकाले रातिको समयमा अपाराधिक क्रियाकलाप गर्नेलाई अनुसन्धान गर्न गारो हुने गरेको उनले बताएका छन् । यता सिसी क्यामराका विषयमा इटहरी उपमहानगर पालिकाका नगर प्रमुख भन्छन् अबको केही महिनामा इटहरीमा रहेका अभिकासं सिसी क्यामरा मर्मत संहार हुने बताएका छन् । उनले सके आफ्नै नगरको बजेटबाट नभए पनि दाताबाट सहयोग लिई समस्या समाधान गरिदिने बताएका छन् ।
अपराधका घटना न्यूनीकरण गर्न प्रयोग गरिने साधनको कम प्रयोग हुँदा इटहरीमा अपराधका घटनाले तीव्र रूप लिँदै गएको छ । शान्ति सुरक्षालाई क्रियाशील र मयादिैत बनाएर आपराधिक क्रियाकलापलाई अन्त्य गर्ने हो भने सिसी क्यामेरा गाउँ बजारका हरेक क्षेत्रमा आवश्यक रहन्छ ।




















