इटहरी । कोरोना कहरका कारण थलिएको पर्यटकीय गतिविधिलाई पुनजीवन प्रदान गर्न आन्तरिक पर्यटन प्रवद्धनमा जोड दिदै इलामको श्रीअन्तु देखि मुगुको रारा सम्म साइकल यात्रामा निस्किएका साईकल यात्रीहरुलाई इटहरीमा स्वागत गरिएको छ ।

   आन्तरिक पर्यटन प्रवद्धनमा जोड दिदै पर्यटकीय क्षेत्रहरुको अवलोकन र प्रचारप्रसारका लागि निस्किएको विश्व साईकल यात्री पुस्कर शाह नेतृत्वको टोलीलाई होटल व्यवसायी संघ इटहरीले पर्यटकीय क्षेत्र तालतलैयामा स्वागत गरेको हो ।IMG-20210913-WA0009

    आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिदै नेपाल पर्यटन बोडसंगको सहकार्यमा गत वर्ष देखि सुरु भएको नेपाल साईकल उत्सव यात्राको दोस्रो संस्करण अन्र्तरगत इलामको श्रीअन्तुबाट मुगुको राराका विभिन्न पर्यटीय क्षेत्रको अवलोकन र प्रचारप्रसार लागि पुस्कर शाहको नेतृत्वको साइकल यात्रीहरु निस्कीएका हुन ।

साइकल यात्रीहरुलाई होटल व्यवसायी संघ इटहरीले प्रदेश नम्बर १कै एक महत्वपुर्ण पर्यटकीय क्षेत्र तालतलैयामा स्वागत तथा विदाई गरियो ।IMG-20210913-WA0012

इटहरीमा रहेको तालतलैया नेपालको एक सय गतव्य स्थान मध्ये सुचिकृत समेत भएको पर्यटकीय क्षेत्र हो । देश घुमौं भन्ने सन्देश बोकेर तालतलैया क्षेत्रमा आइपुगेका साईकल यात्रीहरुलाई होटल व्यवसायी संघ इटहरी अध्यक्ष जिवन पराजुली लगायतका पदाधिकारीहरुले स्वागत तथा विदाई गरेका हुन ।

यो टोलीले नजिकबाट सुर्याेदय र सुर्यास्त भएको देखिने पुर्वको इलामको श्रीअन्तु देखि स्वर्गकी परी भनेर चिनिने मुगुको रारा ताल सम्मका विभिन्न  जिल्लाका पर्यटकीय क्षेत्रहरुको अवलोकनसंगै आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सन्देश पुर्याउने काम गर्ने छ ।