इटहरी । संस्था दर्ताको तयारीमा रहेको कलवार सेवा समिति इटहरीले पहिलो कार्यक्रमका रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्व व्यापी रुपमा फैलिरहेको कोरोना कहरका समयमा रक्तदान कार्यक्रम कम हुने गरेको तर्फ मध्यनजर गर्दै आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना महिला पुरुषले रक्तदान गरे ।
समाजका अध्यक्ष गोपीलाल भगतको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सुमन गुप्ताको संयोजन रहेको थियो ।
युवा कलवार सेवा समिति इटहरीका अध्यक्ष सनी चौधरी लगायतको सहभागितामा रिजाल्स भिजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।




















