इटहरी । नागरिक समाज इटहरीको भेलाले राजु केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

   सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बालिका भट्टराई , उपाध्यक्षद्धयमा आर के राई र द्रोण वहादुर न्यौपाने महासचिवमा भोलाकाजी बस्नेत सचिव गंगा घिमीरे आचार्य , सहसचिव सुरेन्द्र तामागंलाई चयन गरेको हो  ।IMG_3264

  त्यसै गरी सदस्यहरुमा अनन्त विष्ट ,  सचिन पोखरेल, हिमाल दहाल, प्रदिप कुमार रेग्मी, लक्ष्मी थेवे , डिल्ली प्रसाद भट्टराई, धनकुमारी जिसी, शिवभक्त राजलवट, उर्मिला कटुवाल ,सुमित अधिकारी , राजेन्द्र प्रसाद शर्मा वास्तोलालाई भेलाले चयन गरेको हो । वर्ष २०७८ ,०७९का लागि नयाँ कार्य समिति चयन भएको हो । नागरिक समाज इटहरीले नागरिकहरुका आवाज वुलन्द गर्ने देखि लिएर नागरिक सचेतनाका लागि महत्वपुर्ण भुमिका खेल्दै आएको छ। निवर्तमान अध्यक्ष सन्तवहादुर डुम्जनको अध्यक्षतामा नागरिक समाज इटहरीको भेला सम्पन्न भएको हो । सोही अवसरमा नागरिक सन्देश नामक पुस्तक विमोचन समेत गरिएको थियो ।