सुनसरी / दोहोरोे सिफारिस दिई मुतक छोराको स्वास्थ्य बिमा बापतको रकम हिनामिना गरेको गोपाल कटुवाल आरोप लगाएका छन् । साढे ५ वर्षको छोराको मृत्यु पछि पाउने स्वास्थ्य बिमा बापतको रकम वडा अध्यक्ष सहितको टोलिले हिनामिना गरेको भन्दै सुनसरीको वराहक्षेत्र नगरपालिका ८ निवासी गोपाल कटुवाल न्याय माग्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगर पुगेका हुन । 

छोराको मुत्य भएको दर्ता गर्दा र नाता प्रमाणितको आफुसंग सकल कागजात हुँदा हुँदै वडा अध्यक्ष फडिन्द्र भट्टराई बडा, सचिव लगायतले वडामा रहेको प्रतिलिपि कागज पत्र निकाली रकम हिनामिना गरेको आरोप लगाएका छन् । 

नेपाल लाइफ इन्सुरेन्ससँग नक्कली कागजात मिलाइ १९ लाख ७७  हजार ५ सय रुपैयाँ रकम हिनामिना गरेको उहाँले बताउनुभयो । आफू अन्यायमा परेको भन्दै नगरप्रमुख सँग बारम्बार छलफल गरेको र बडा अध्यक्षले आफ्नो गल्ती लुकाउनका लागी कागजपत्रमा चोरी भएको र उक्त चोरी गर्ने माथि  कारबाही गर्ने आश्वासन दिने गरेका थिए । तर ९ महिना विती सक्दा सम्म पनि आफूले न्याय नपाएको पिडकको भनाइ छ । इलाका प्रहरीमा जाहेरी दिँदा समेत इलाकाले सहज तरीकाले जाहेरी लिन नमानेको उहाँले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।  

आफ्नो नातिको मृत्युको शोकमा परेको  बेला जनप्रतिनिधिले नै आफूहरू माथि पिडा दिने गरेको उहाँको भनाइ छ । नेपाल सरकारको ऐन परिमार्जन गर्ने ठुलो माध्यमका रूपमा लिइने स्थानीय तहको कागज पत्र हराइ आफ्नो श्रीमतीलाई प्रयोग गरी बिमाको रकम हिनामिना गरेका छन् ।  

रकम मात्र नभई आफुस र छोरा सँग भएको सम्पूणर् जग्गा जमिन हात पारेको बताउनुभयो । बुहारीले सम्बन्ध विच्छेद्य गर्न तयारी गरिरहेको बेला वडाले प्रतिलिपि दिइएको पीडितको आमाले बताउनुभयो । अन्यायमा परेको नगरप्रमुख लाई जानकारी दिए पनि नगरप्रमुखले न्यायका लागी कुनै पहल नगरेको उहाँको भनाइ छ । आफूहरू अन्यायमा परेको र उजुरी दिनका लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगर आउँदा समेत प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको पीडितको आमाले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय महेन्द्र  नगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले  हाल मुद्दा दर्ता नहुने बताउनुभयो । अन्य स्थानमा पनि मुद्दा दर्ता भएका कारण हाल दर्ता नहुने र कागजात वडा कार्यालय सँग  पनि माग गरी प्रिया अगाडी बढाउने उहाँले बताउनुभयो । यता वडा अध्यक्ष फडिद्र भट्टराई ले आफूमाथि लागेको आरोप गलत भएको टेलिफोन सम्पगमा बताएका छन् । आफू कार्यालयमा नभएको दिन कार्यालयमा आएर उहाँको श्रीमतीले नै गज पत्र लगेको भएकाले आफलाइ उक्त विषयमा जानकारी नथाएको बताएका छन् ।