इटहरी । नागरिक समाज इटहरीले एक कार्यक्रमको आयोजना गरी नागरिक सन्देश नामक पुस्तकको विमोचन गरेको छ ।

    नागरिकहरुलाई सचेत राख्न नागरिक सन्देश पुर्याउने पर्ने तर्फ मध्यनजर गर्दै नागरिक समाज इटहरी प्रकासक रहेको पुस्तक कार्यक्रमका सहभागी सवैले सामुहिक रुपमा विमोचन गरेका हुन ।IMG_3276

 प्रा.डा. बद्रीविशाल पोखरेल र डा. मोहनकुमार तुम्बाहाङ सम्पादक रहेको पुस्तक नागरिक समाज इटहरीका अध्यक्ष सन्तवहादुर डुम्जनको अध्यक्षता भएको कार्यक्रम विमोचन गरिएको पुस्तकमा समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न विषयवस्तु समेटीएका लेख रचनाहरु रहेका छन ।

  कार्यक्रममा प्रदेस नम्बर १ प्रदेस सभा सदस्य सर्वध्वज साँवा , स्थापक अध्यक्ष तथा पुस्तकका सम्पादक वद्रीविशाल पोखरेल , पुर्व अध्यक्ष वोधराज नेपाल , निवर्तमान अध्यक्ष दिनेश रसाईली , सल्लाहकार तथा सार्क कवि मनु मञ्जील , साहित्कार राम्जी तिम्सिना , महासचिव राजु केसी सचिव वालिका खड्का भट्टराई लगायतको सहभागिता रहेको थियो ।