इटहरी । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी सहित सतहमा देखिएका सबै खाले भ्रष्टचारको निर्मम छानबिन गरी दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग राख्दै इटहरीमा रिले अनसन सुरु हुने भएको छ ।
नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको मोर्चा संगटनले भोलीबाट इटहरीमा भ्रष्टाचार विरुद्ध रिले अनसन सुरु गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
रिले अनसन सञ्चालन गर्ने विषयमा जानकारी गराउने उद्धेश्यले चिया चौतारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो सरकारले भ्रष्टचार नियन्त्रण गर्न शुसासन कायम गर्न आर्थिक संकटको अन्त्य गर्न र जनताको निरासालाई आशा र बिश्वासमा परीणत गरोस भनेर दबाव सिर्जना गर्न रिले अनसन गर्न लागिएको नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश मोर्चा संगठान इञ्चार्ज केशवकुमार विष्टले जानकारी गराए ।
पत्रकार सम्मेलनमा वितरीत पे्रस विज्ञप्तीमा देश अहिले चरम आर्थिक संकटमा छ र यो आर्थिक संकटले प्रत्येक नेपालीको जनजिबनलाई आक्रान्त बनाएको छ । जनतामा निरासा चुलिएको छ ।
सरकार र सरकारी संयन्त्रमाथि बिश्वासको संकट छ । सिङ्गो समाजनै खलबलिएको अबस्थामा छ । यो तरल अवस्थाको फाईदा लिदै बिभिन्न खाले अराजक उश्रृंखल सामाजिक सद्भाव बिगार्ने, गणतन्त्र र संबिधान माथि नै प्रहार गर्ने तत्वहरुको मनोबल बढ्दै गईरहेको छ भनिएको छ ।




















