इटहरी । वित्तिय अध्यक्षसमिति र व्यवस्थापनको भुमिका विषयमा  ८ औँ अध्यक्ष व्यवस्थापक गोष्ठी  आयोजना गरिएको छ । 

वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना,नेपाल वचत तथा क्रृण केन्द्रिय सहकारी संघ लिमिटेडको साझेदारी तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । 

वचत तथा क्रृण सहकारी संस्था लिमिटेडकी अध्यक्ष योगमाया सुवेदीको अध्यक्षतामा स्थित लायान्स क्लवको सभाहलमा भएको गोष्ठीमा दुईसय बढी अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।   WhatsApp Image 2023-05-21 at 08.27.39

वित्तिय व्यवस्थापनमा समिती र व्यवस्थापनकोभुमीका विषयक कार्यपत्र प्रस्तुत गरिनुका साथै सहकारी सञ्चालनहरुको देखा पर्ने चुनौती, ब्यवस्थापन र सामनाका सन्दर्भमा चर्चा गरिएको थियो । 

यस्तै गोष्ठीमा वर्तमान समस्या समाधानमा संघको भुमिका,समय व्यवस्थापन,रुपान्तरण,अनुभव आदन प्रदान लगायतका विषयमा छलफल गरिएको थियो । WhatsApp Image 2023-05-21 at 08.27.42गोष्ठीमा राष्ट्रिय सहकारी महासंघ केन्द्रिय उपाध्यक्ष रमेश प्रसाद पोखरेल,राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवकुमार डाँगी,राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा वचत संघ सुनसरीका सल्लाहकार लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।