इटहरी । प्रविधिको प्रयोगसंगै बढी रहेको साइबर अपराध तथा लैगिक हिसां अन्त्य गर्ने विषय केन्द्रित इटहरी उपमहानगरपालिका महिला जनप्रतिनिधिका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  

 पछिल्लो समयमा समाजमा वढी रहेको लैगिक हिसां तथा अनलाइनका माध्यमबाट हुने अपराध नियन्त्रणका विषय केन्द्रित जनप्रतिनिधिहरुलाई इटहरी उपमहानगरपालिकाको आयोजना र भ्वाइस अफ चिल्ड्रेनको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

  अभिमुखिकरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाको २० वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । लैगिक हिसां तथा अनलाईनका माध्यमबाट हुने अपराध नियन्त्रणका लागि  कानुन भएपनि जनप्रतिनिधिहरु समेतलाई पुर्ण रुपमा ज्ञान नभएको अवस्थालाई मध्यनजर गर्दै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

WhatsApp Image 2023-05-17 at 17.48.55 (1) लैगिक हिसां र साइवर क्राइमसंग जोडिने विषयको महिला जनप्रतिनिधिहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी गराइन ।

  महिला जनप्रतिनिधिहरुलाई लैगिक हिसां तथा साइवर क्राइम सम्वन्धी कानुनका विषयमा  अधिवक्ता शरोज कुमार गिरीले सहजीकरण गरेका थिए ।  कार्यक्रमको इटहरी उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख दिवश पोख्रेलले उदघाटन गरेका थिए भने उपमहानगरकै सामाजिक शाखाकी प्रमुख भोजकला दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक शाखाकी अधिकृत सुशिला कार्की,भ्वाइस अफ चिल्ड्रेनका प्रकास परियार लगायतको सहभागिता रहेको थियो ।