इटहरी । सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टेन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टेन्ड इटहरी वुधबारबाट सञ्चालन आउने भएको हो । पाँचतारे स्तरको सोल्टी वेस्टेन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्बद्धनमा सोल्टी वेस्टेन्ड इटहरी सुनसरी जिल्लाको पहिलो पाँचतारे स्तरको होटेलका रुपमा सञ्चालनमा आउने जानकारी गराइयो ।
सोल्टी वेस्टेन्ड इटहरीमा आधुनिक सुविधा सम्पन्न ६२ वटा अतिथि कोठाहरु र पाहुनाहरुलाई उत्कृष्ट आतिथ्य सेवाहरुको सुविधा दिने गरी आधुनिक सुविधा सम्पन्न रहेको समेत जानकारी गराइयो ।
त्यसै गरी होटलमा अतिथीहरुको स्वास्थयलाई मध्यनजर गर्दै उर्जा प्रवाहका लागि साउना ,स्पा सम्वन्धी सबै सेवाहरु अत्याधुनिक उपकरणहरुका साथ रहने तथा आउटडोर स्विमीगं पुल , वहुउद्धेश्यय सभासमेल्लन गर्ने सभाकक्ष ,अतिथीहरुका लागि विभिन्न किसिमका प्याकेजहरु रहेका विषयमा होटल सञ्चालकहरुले जानकारी गराएका थिए । सो अवसरमा सोल्टी वेस्टेन्डका अध्यक्ष भिम बहादुर पौडेल ,उपाध्यक्ष दिपक लेखक ,शुदर्शन चापागाईं, निर्देशक सिनेट रिजाल लगायतले होटेलको बिषेस्ताको बिषयमा जानकारी गराएका थिए ।




















