इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन ।
समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन ।
सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगत मध्ये इटहरी क्षेत्रबाट मात्र ४० प्रतिशत वढी संकलन हुने गरेको तथ्यांक रहेको छ ।
मानवीय उपचारका लागि आवश्यक पर्ने रगत संकलन कार्य विगतका वर्षहरुमा बैशाख जेष्ठ महिनामा रक्तदान कार्यक्रमहरु कम हुने गरेको पाइन्छ । रक्तदान कम हुने जाडो मौषम र वर्षायाममा समेत इटहरी क्षेत्रमा भने रक्तदान कार्यक्रमहरु आयोजना हुने गरेका छन ।




















