इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन ।

    मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन ।

   सशस्त्र प्रहरी वलको बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्य तथा आयोज रोटरी क्लवका अध्यक्ष संयोग पराजुली र पुर्वाञ्चल सहकारीका अध्यक्ष दिनेश भट्टराईको संयुक्त अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । WhatsApp Image 2023-05-14 at 16.42.39सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।

  यसै विच  सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको रोटरी क्लव अफ इटहरीले इटहरीको बुढी खोला नजिक रहेको मिलन चोकमा प्रहरी विट वनाएर हस्तान्तरण गरेको रोटरीका अध्यक्ष संयोग पराजुलले जानकारी दिए ।WhatsApp Image 2023-05-14 at 17.00.45 त्यसै गरी श्री कृष्ण प्रणामी मन्दिर इटहरीलाई मन्दिर क्षेत्रको फोहोरमैला संकलनमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले १० थान डस्टविन उपलव्ध गराएको समेत अध्यक्ष पराजुलीले वताए । मन्दिरका लागि उपलव्ध गराईको डस्टविट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेम घिमीरेलाई हस्तान्तरण गरिएको जनाइयो ।