इटहरी । सहारा विहीन मानवहरुको संरक्षणका लागि भवन उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह समापन भएको छ ।

     महिला तथा बालबालिका उत्थान केन्द्र इटटहरी शाखाले आयोजनामा सञ्चालन गरेको सप्ताह समापन भएको हो ।

   भवन निर्माण गर्ने मुख्य उद्धेश्य सहित पुराणको आयोजना गरिएको भएपनि अपेक्षाकृत रुपमा रकम संकलन हुन नसकेपनि भवन निर्माण कार्यलाई आफुहरुले ढिलोचाडो पुरा गर्ने महिला तथा वालवालिका उत्थान केन्द्र इटहरीका अध्यक्ष शिशिर बानियाले जानकारी दिए । पुराणमा माध्यमबाट संस्थालाई परिचित गराउन भने ठुलो सहयोग पुगेको समेत अध्यक्ष बानियाले वताए ।vlcsnap-2023-05-14-17h41m01s603

एकल महिला तथा अपागं,असहाय ,अशक्त,अनाथ बालबालिकाको संरक्षण गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ श्रीमद्भागत सप्ताह यही बैशाख २३ गते देखि सञ्चालन गरिदै आएको थियो । हिन्दु धर्म जागरण ताथ साहाराविहिन मानवहरुको संरक्षणार्थ भवन निर्माण गर्ने मुख्य उद्धेश्यले सहित  आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा पण्डित रामहरि अधिकारीले कथा वाचन तथा पण्डित प्रदिप अधिकारीले पाठपरायण गरेका थिए ।