इटहरी । लोकतन्त्रवादी पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको कोशी प्रदेशको अध्यक्षमा पुन ः नारायणबाबु कार्की चयन भएका छन ।
इटहरीको नेवा पाटी प्यालेसमा भएको सातौं अधिवेशनले पुनः नारायणबाबु कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले खुल्ला उपाध्यक्षद्धयमा गोपालप्रसाद भट्टराई र डिकप्रसाद घिमीरे , महिला उपाध्यक्षमा सुनिता घिमीरे , उपाध्यक्ष अनौपचारिक क्षेत्र गंगाराम ओडारी , उपाध्यक्ष उत्पादन क्षेत्र पंछी वाइवा, उपाध्यक्ष सेवा क्षेत्र सुमन अधिकारी , सचिव उमानाथ आचार्य चयन भएका छन ।
त्यसै गरी अधिवेशनले खुल्ला सहसचिवमा हरिनाथ फुँयाल , सहसचिव सेवा क्षेत्रमा पदम सुन्दर लिम्बु , सहसचिव उत्पादन क्षेत्र मणिराम भट्टराई ,सहसचिव अनौपचारिक तथा सेवा क्षेत्र गणेश मगर कोषाइक्ष मुरारी प्रसाद आचार्य र सहकोषाध्यक्षमा रञ्जना पौडेललाई चयन गरेको छ ।
३२सदसीय कार्य समितिको सदस्यमा भक्तबहादुर बिक , अरविन्द विश्वास ,नागेश चौधरी , कल्पाना राई , सरस्वती महतरा लगायत रहेका छन ।
अधिवेशनले कोशी प्रदेश महिला समिति अञ्जु दाहालको अध्यक्षतामा सर्वसम्मतले गठन गरेको निर्वाचन अधिकृत अधिवक्ता रमेश पोखरेलले जानकारी दिए । अधिवेशनको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एक कार्यक्रमका विच उदघाटन गरेका थिए ।




















