संखुवासभा । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको आयोजनामा बैशाख २४ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको पाँच दिवसीय मानसिक शान्ति एवं खुशीयाली जीवनका लागि राजयोग प्रशिक्षण कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको छ । पञ्चकन्या, घिमेबाजा का साथमा ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र खाँदबारीदेखि खाँदबारी स्थित टुडिखेल सम्म शोभायात्रा गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य दिपक खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त समापन कार्यक्रमको अवसर पारेर राजयोग सेवा केन्द्रमा समर्पित पुर्व क्षेत्रका १०८ ब्रम्हाकुमार बम्हाकुमारीहरूको राजयोग सेवा केन्द्र खाँदबारीले सम्मान गरेको छ ।
सम्मान पाउनेहरूमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र काशी प्रदेश प्रमुख गिता दिदी, बम्हा कुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका निर्मला दिदि, ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र ईटहरीकि सञ्चालिका शारदा दिदि, फारविजगन्ज सेवा केन्द्रका रूक्मा दिदिलगायत १०८ जनाको सहभागिता रहेको थियो ।
नेवाः मिसा दबू नगर समिति खाँदबारी, जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख लगायतका संघसंस्थाहरूले कोशी प्रदेश विराटनगरकि क्षेत्र प्रमुख ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरकी ब्रम्हाकुमारी गीता दिदि र प्रशिक्षक बम्हाकुमार राजु घलेलाई सम्मान गर्नु भएको थियो ।
सम्पूर्ण ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको भातृत्व ग्रहण गरेर मानसिक शान्ति एवं खुसियालि जीवन बदल्न पुर्याउनु भएको योगदानको कदर गर्दै दिदिलाई र पाँचदिनसम्म राजयोग सिविरमा प्रशिक्षण गरेर ज्ञान दिनुभएको भन्दै ब्रम्हा कुमार राजु घलेलाई सम्मान गरिएको हो ।
पाँचदिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न गराउन पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै जीवन सदैव परमात्मा शिवबाबाको छत्रछायाँमा सुरक्षित, सुखःदायी र उदाहरणीय बनोस भन्ने कामनाका साथ स्काउट, कलाकार, नेवाः मिसा दबू नगरसमितिलगायतका संघसंस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारी, संखुवासभाका सञ्चालिका ब्रम्हाकुमारी रचना
दिदिले जानकारी दिनुभयो ।
मानव कल्याण र समाज परिवर्तनाागि ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रको कार्यक्रम महत्वपुर्ण रहेकाले सबैको सहयोग आवश्यक रहेको बताउदै विश्व विद्यालयको रूपमा अगाडि बढाउदै विद्यालयको तल्लो तह जगैबाट राजयोग सिकाउन सके समाज आफै परिवर्तन हुने भएकाले यसको संरक्षण र जर्गेनाका लागि राज्य लाग्नु पर्ने प्रतिनिधि सभा सदस्य दिपक खड्काको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कार्की, भैरव गुल्म खाँदबारिका गुल्मपति, खाँदबारि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।




















