इटहरी । बैक ठगीको आरोपमा नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालिका सञ्चालक पक्राउ परेदेखि आफनो पारिश्रमिक पाउन नसकिरहेका मजदुरहरु  नेपाल बैंकले उक्त उद्योग लिलामी गर्न लागेपछि थप चिन्तित वन्न पुगेका छन ।

    उद्योग सञ्चालक पक्राउ परेको लामो समय पछि  नेपाल बैंक लिमिटेड कर्जा असुली विभागले उक्त उद्योग लिलामी गर्न बोलपत्र आह्वान गरेपछि सो उद्योगका मजदुरहरु थप चिन्तित बन्न पुगेका हुन ।

    सुरेशकुमार अग्रवाल र कृष्णकुमार अग्रवालले सञ्चालन गर्दै आएको  नारायण भेजिटेवल इण्डष्ट्रिज प्रालि र अन्नपुर्ण सोप सञ्चालकहरु पक्राउ परेपछि सञ्चालन हुन छोडेको र ती उद्योगहरुमा काम गर्ने मजदुरहरुले हाल सम्म पारिश्रमिक नपाएको कारखाना श्रमिक संघका केन्द्रिय सहअध्यक्ष गुलावचद चौधरीले गुनासो गरे । उनले उद्योगको स्वामित्व बैकले ग्रहण गरेपछि मजदुरहरुको व्यवस्थापन पनि गर्नु पर्नेमा नगरेको भन्दै आफुहरु लिलाम गर्न नदिने वताउछन ।

लगानी गर्दा श्रमिकलाई पनि सुरक्षित वनाउने गरी राज्यले नीति नियम वनाउनु पर्नेमा जोड दिदै नेपाल टे«ड युनियन काँग्रेसका राष्ट्रिय उपमहासचिव ज्योति कोइराला जसले लिएपनि मजदुरहरुको समस्या समाधान नगरे उपभोग गर्न नदिने वताउछन ।

बैकले लिलाम गर्ने तयारी गरेपछि मजदुरहरुले पत्रकार सम्मेलन गरी आफुहरुका पारिश्रमिक उपलव्ध नगराएसम्म कसैलाई पनि उपयोग गर्न नदिने तथा आफना माग सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन । यता नेपाल बैक लिमिटेडको कर्जा असुली विभागले यही वैशाख १० गते लिलामीका लागि २१ दिने गोप्य शिलवन्दी बोलपत्र माग गरिसकेको छ