इटहरी । शैक्षिक गतिविधिका साथै सामाजिक कार्यमा समेत पुर्व क्षेत्रमा नाम कमाएको विश्व आर्दश एकेडेमी इटहरीले इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेको कबिर माध्यमिक विद्यालयलाई फर्निचर उपलब्ध गराएको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले फर्निचर अभावमा समस्या झेल्नु नपरोस भनेर विश्व आर्दश एकेडेमीले कबिर माविलाई १५जोर फर्निचर हस्तान्तरण गरेको हो ।
फर्निचर हस्तान्तरण कार्यक्रममा विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे , प्राचार्य गणेशकुमार दुलाल लगायतले कबिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्की र प्रध्यानाध्यपक मिनु न्यौपानेलाई फर्निचर हस्तान्तरण गरेका हुन ।
यस अघि पनि विश्व आर्दश एकेडेमीले इटहरीमै रहेको सरस्वती माविलाई पनि १५जोडी फर्निचर हस्तान्तरण गरिसकेको छ ।
एक सय ५० जोडी फर्निचर सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गर्ने लक्ष्य सहित राखेको विश्व आर्दश एकेडेमीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४को आइतवारे टोल विकास संस्थालाई ५ थान डस्टविन उपलव्ध गराएको पनि जनाइयो ।




















