इटहरी । शैक्षिक गतिविधिका साथै सामाजिक कार्यमा समेत पुर्व क्षेत्रमा नाम कमाएको विश्व आर्दश एकेडेमीले इटहरीमै रहेको सरस्वती माध्यमिक विद्यालयलाई फर्निचर उपलब्ध  गराएको छ ।

    सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले फर्निचर अभावमा समस्या झेल्नु नपरोस भनेर विश्व आर्दश एकेडेमीले सरस्वती माविलाई १५जोर फर्निचर हस्तान्तरण गरेको हो ।

 फर्निचर हस्तान्तरण कार्यक्रममा विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे , प्रिन्सिप गणेशकुमार दुलाल लगायतले सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र कठेत र प्रध्यानाध्यपक लेखनाथ भट्टराईलाई फर्निचर हस्तान्तरण गरेका हुन ।345460655_996955718509018_4104259273839748064_n

त्यसै गरी विश्व आर्दश एकेडेमीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४को आइतवारे टोल विकास संस्थालाई ५ थान डस्टविन उपलव्ध गराएको छ ।344658140_615918716839471_1634113801940582665_n

एकेडेमीले टोल विकास संस्थाका अध्यक्ष योगेन राईलाई डस्टविन हस्तारण गरेको प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिए । त्यसै गरी एकेडेमीले अन्य विद्यालयहरुलाई समेत १सय ५० जोडी फर्निचर समेत हस्तान्तरण गर्ने लक्ष्य राखिएको जनाइयो ।