इटहरी । विभिन्न कारणले व्यापार व्यवसाय प्रभावित हुदै आएको समयमा उद्योग वाणिज्य संघ इटहरीले बैकिगं कारोवारलाई सहज वनाउने विषय केन्द्रीत व्यवसायी, बैंक तथा वित्तिय सस्था विच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

   उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा उद्योगी व्यवसायी तथा बैकरहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा कोरोना कहरकाल देखि व्यवसायीक क्षेत्रहरु प्रभावित हुदै आएको तर्फ मध्यनजर गर्दै  वैकहरुले ब्याजदर र किस्ता लगायतका केही सहजता अपनाएर सहयोग गर्नु पर्ने आग्रह गरेका छन ।WhatsApp Image 2023-05-09 at 17.47.57 विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको समयमा बैक ब्याज समेत बढ्न जादाँ आफुहरु थप समस्यामा परेको गुनासो गरेका थिए । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यवसायीहरुका समस्याका विषयमा संघका पुर्व अध्यक्ष टंक दुलाल , व्यवसायी आकासहागं सुब्बा , दिपक गौतम लगायतले बोलेका थिए ।

 कार्यक्रममा ज्योति विकास वैक इटहरीका शाखा प्रवन्धक मिलन दाहाल , कुमारी वैकका बरिष्ठ सहायक चन्द्र नारायण देव ग्लोवलआइएमई बैकका बरिष्ठ अधिकृत सुनिल चौधरी , व्यवसायीहरु विनोद चोछे लगायतको सहभागिता रहेको थियो ।